गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु

चितवन । रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु गरिएको छ । वाग्मती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो ।

वाग्मती प्रदेश सरकारबाट नौ करोड रुपैयाँ निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन गरिएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिए ।

महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिलअनुसारको भुक्तानी भइसकेको बताए । रंगशाला निर्माणको काम हिमालयन कालिञ्चोक बीबीआर जेभीले गर्दै छ ।

ठेक्का सम्झौताको म्याद आउँदो पुस २२ गते सकिन्छ । हाल ५५ प्रतिशत काम पूरा भएको छ ।

०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच ०८३ पुस २२ गते काम सकाउने गरी कुल ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा सम्झौता भएको थियो । धुर्मस–सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार