नेपाल–भारत सम्बन्धमा विकास कूटनीतिको नयाँ युग : रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।

पाँचदिने भारत भ्रमणमा रहेका अध्यक्ष लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तापछि यस्तो बताएका हुन्।

‘नेपाल र भारतबीचको परम्परागत सीमा र बाधाहरूलाई पार गर्दै विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्न आवश्यक छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्।

सभापति लामिछानेले भेघाटका क्रममा नेपाल र भारतबीचको परम्परागत सम्बन्धलाई थप परिष्कृत गर्दै ‘विकास कूटनीति’ का नयाँ युग सुरूवात गर्ने विषयमा छलफल भएको बताए।

प्रधानमन्त्री मोदीसँगको कुराकानी निकै फलदायी र सुखद रहेको उल्लेख गर्दै उनले नेपाल–भारत सम्बन्धलाई विगतका सीमा र बाधाहरूभन्दा माथि उठाएर लैजानुपर्नेमा जोड दिएका छन्।

दुई देशबीचको डिजिटल कोरिडोर, सहज कनेक्टिभिटी र साझा सभ्यागत सम्बन्धलाई मजबुत बनाउँदै आपसी विश्वासका आधारमा नयाँ साझेदारी निर्माण गर्न सकिने उनको भनाइ छ।

‘नेपाल र भारतले विगतका सीमा र बाधाहरूलाई पार गर्दै विकास कूटनीतिको नयाँ युगा अंगाल्नुपर्छ भन्ने प्रधानमन्त्री मोदीज्यूको दृष्टिकोणमा मेरो पूर्ण ऐक्यबद्धता छ। हाम्रा साझा सभ्यागत सम्बन्ध, डिजिटल कोरिडोर र सहज कनेक्टिभिटीमा केन्द्रित भएर हामीले वास्तवमै प्रगति र आपसी विश्वासमा आधारित साझेदारी निर्माण गर्न सक्दछौँ,’ लामिछानेले भनेका छन्।

उनले दुवै देशका जनताको साझा समृद्धिका लागि यी सम्भावनाहरूलाई यथार्थमा बदल्न रास्वपा तत्पर रहेको स्पष्ट पारेका छन्।

रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच बुधबार करिब एक घन्टा भेटवार्ता भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार