बालेनलाई ओलीको प्रश्न– सदनमा गएर नेपालले भारतको सीमा मिचेको छ भनेर केका लागि बोलेको ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा देशद्रोही अभिव्यक्ति दिएको बताएका छन् । 

नेपालले भारतको एक इन्च पनि जमिन नमिचेको ओलीको दाबी छ । उनले कसका लागि सदनमा गएर नेपालले भारतको जमिन मिचेको छ भनेर बोलेको भन्दै प्रश्न समेत गरे । 

यस्ता गतिविधि केका लागि र कसका लागि गरेको भन्दै प्रश्न गर्नुपर्नेमा उनको जोड छ । नेकपा एमालेको दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले प्रतिपक्षी दलले प्रधानमन्त्रीको देशद्रोही अभिव्यक्तिविरुद्ध आवाज सदनमा उठाएको बताए । 

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध आवाज उठाउने सांसदलाई धन्यवाद भन्दै उनले सभामुखको भूमिकाप्रति पनि प्रश्न उठाए । 

देशको विपक्षमा बोल्नेविरुद्ध प्रश्न गर्दा कारबाही गर्छु भन्ने सभामुखको भूमिकामाथि पनि उनले प्रश्न गर्दै भने, “गर्नुस्– गर्नुस् देशको पक्षमा बोल्ने सांसद्लाई कारबाही गर्नुस्, के–के गर्न सक्नुहुन्छ, गर्नुस् ।” 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार