काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त ढकालले पार्टीको कार्यक्रम निर्धारित समयभन्दा अब ढिला नहुने बताएका छन् ।
सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै पार्टी समयअनुसार चल्ने बताए ।
पार्टीका संगठन विभाग प्रमुख समेत रहेका ढकालले भने, ‘औपचारिक रूपमा पार्टीको कार्यक्रम गर्दा एक डेढ घण्टासम्म ढिला हुन्छ भन्ने सोचाइ थियो । एमालेले अब त्यस्तो गर्दैन। एमालेले कुनै कार्यक्रम गर्दा १५ मिनेट तोकेको भन्दा ढिला हुनसक्छ । तर, अब त्यो भन्दा ढिला गर्ने छैनौँ ।’
उनले चुनावपछि अध्यक्ष ओलीले आज पहिलो पटक सम्बोधन गर्न लागेको बताए । उनले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै जनताको केन्द्र बनाउन लाग्नुपर्ने बताए।





प्रतिक्रिया दिनुहोस्