श्रम संस्कृति छाडेको निनाचन्द्रको घोषणा, हर्क साम्पाङले धरानको मेयर उठाउँछु भनेर ढाँटेको दाबी

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ नजिकका सहयोगी निनाचन्द्र राईले पार्टी छाडेका छन् । धरानमा पत्रकार सम्मेलन गर्दै राईले आजबाट श्रम संस्कृति र हर्क साम्पाङसँग सम्बन्ध नरहेको घोषणा गरे ।

हर्कलाई धरानको मेयर बनाउने अभियानमा उनले सक्रितापूर्वक साथ दिएका थिए । निनाचन्द्रले आफूसहित १०० भन्दा बढीले पार्टी छाडेको दाबीसमेत गरेका छन् ।

आफूलाई धरानको मेयरको आश्वासन दिइएकोमा धोका दिएको निनाचन्द्रले बताएका छन् । हर्कले भावी मेयरमा धनबहादुर राईको नाम घोषणा गरिसकेका छन् । धनबहादुरले ७९ को चुनावमा एमालेबाट वडाध्यक्ष जितेका थिए ।

निनाचन्द्रले नेपाल प्रेससँग भने, ‘उहाँले मलाई नै मेयरको उम्मेदवार तपाईँ न कम्फर्म हो भन्नुभएको थियो । मैले बोलेपछि सकियो भनेर पार्टीमा ल्याउनुभयो । अहिले आएर अरुलाई नै अघि सार्नुभयो ।’

हर्कलाई स्वतन्त्र मेयर जिताउन खटेका निनाचन्द्र पार्टी गठनपछि पनि केही समय संगठित भएका थिएनन् । स्वतन्त्र रूपमै मेयर लड्ने अभियानमा रहेका उनलाई हर्कले गत वैशाखमा पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश गराउँदा मेयर बनाउन आश्वासन दिएर पार्टीमा प्रवेश गराएको निनाचन्द्रले दाबी गरेका छन् ।

उनले भने, ‘मेयरको आँकाँक्षी अरु पनि छन् नी भन्दा तपाँई नैँ हो भनेर भन्नुभो । अहिले आएर अरुलाई नै पद दिँदै हिँड्नुभएको छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार