सीमा विवादबारे प्रधानमन्त्री फेरि संसदमा बोल्न तयार : सरकार

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन शाह आवश्यकता परे पुनः संसदमा उपस्थित भएर जवाफ दिन तयार रहेको बताएका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता पोखरेलले सरकारले सीमा, राष्ट्रिय स्वाधीनता र कूटनीतिक विषयलाई गम्भीर रूपमा लिएको बताए। उनले संसदमा उठेका प्रश्नहरूको जवाफ दिन सरकार जिम्मेवार रहेको उल्लेख गर्दै प्रधानमन्त्री स्वयं पनि आवश्यक परे थप स्पष्टिकरण दिन तयार रहेको जानकारी दिए।

हाल नेपाल–भारत सीमा क्षेत्रसँग सम्बन्धित विषयलाई लिएर संसद तथा राजनीतिक वृत्तमा व्यापक बहस भइरहेको छ। विपक्षी दलहरूले सरकारसँग स्पष्ट धारणा माग गरिरहेका बेला सरकारका तर्फबाट आएको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रवक्ता पोखरेलले राष्ट्रिय हितका विषयमा सरकार पारदर्शी ढंगले अघि बढ्ने र संसदलाई सम्मान गर्ने नीति कायम रहेको पनि बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार