प्रधानमन्त्रीको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीको आपत्ति, तत्काल राजीनामा दिन माग

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनको राजीनामा माग गरेको छ ।

मंगलवार काठमाडौंको शान्तिबाटिकामा आयोजित खबरदारी सभामा पार्टीले प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई आपत्तिजनक भन्दै सार्वजनिक रूपमा विरोध जनाएको हो ।

खबरदारी सभामा बोल्दै नेता सन्तोष राईले प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएर नेपाली नागरिकको भावनामा चोट पुर्‍याएको आरोप लगाए ।

उनका अनुसार उक्त अभिव्यक्तिले नेपालको सार्वभौमिकता र राष्ट्रिय प्रतिष्ठामा धक्का पुगेको छ भने स्वाभिमानी नागरिकको आत्मसम्मानमा समेत चोट पुगेको छ ।

राईले काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा ग्रेटर नेपालको नक्सा कार्यालयमा राख्ने र प्रधानमन्त्री बनेपछि फरक धारणा सार्वजनिक गर्नु विरोधाभासपूर्ण भएको टिप्पणी गरे ।

‘प्रधानमन्त्रीज्यूले प्रतिनिधिसभामा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएकोप्रति हाम्रो घोर आपत्ति छ,’ राईले भने, ‘यो अभिव्यक्तिले नेपाली नागरिकको शिर निहुरिएको अवस्था छ । उहाँले या त सार्वजनिक रूपमा माफी माग्नुपर्छ, नभए राजीनामा दिनुपर्छ ।’

प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा आइतबारको बैठकमा नेपालले मात्र नभई भारतले पनि नेपालको भूमि मिचेको अभिव्यक्ति दिएपछि उक्त विषय राजनीतिक रूपमा विवादित बनेको छ ।

उक्त अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संघीय संसदको बैठक अवरुद्ध गर्दै आएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार