निजी अस्पताललाई बीमा बोर्डको चेतावनी– सामान्य बिरामीलाई इमर्जेन्सीमा उपचार गरे कारबाही हुन्छ

स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूलाई सामान्य प्रकृतिका बिरामी इमर्जेन्सीमा भर्ना नलिन सचेत गराएको छ । ओपीडी सेवा बन्द भएपछि सामान्य प्रकृतिका बिरामीलाई पनि इमर्जेन्सी सेवाअन्तर्गत उपचार गरी दाबी पेस गरिएमा त्यस्ता दाबीको भुक्तानी नगर्ने र कानुनअनुसार कारबाही हुने भन्दै बोर्डले सचेत गराएको हो ।

बीमा कार्यक्रम गम्भीर आर्थिक संकटमा परेको भन्दै १६ जेठदेखि निजी अस्पतालहरूबाट इमर्जेन्सीबाहेक अन्य सेवा बन्द गरिएको छ । तर इमर्जेन्सीको उपचार आवश्यक पर्ने प्रकृतिको बिरामीलाई भने निजी अस्पतालले पनि भर्ना र शल्यक्रियासम्मको उपचार गर्न सक्छन् ।

इमर्जेन्सीबाहेक अन्य अवस्थामा भने बिरामीहरूले ओपीडी सेवा लिन सरकारी स्वास्थ्य संस्थामा नै जानुपर्ने बीमा बोर्डले जनाएको छ । त्यसैले निजी अस्पतालमा गएर अनावश्यक दाबाब सिर्जना नगर्न बोर्डले बीमितहरूलाई समेत अनुरोध गरेको छ ।

पछिल्लो समय आर्थिक भार बढ्दै गएको र तिर्नै नसक्ने अवस्था भएको भन्दै बोर्डले निजी अस्पतालबाट प्रदान हुँदै आएको ओपीडी सेवा बन्द गरेको हो । वैशाख मसान्तसम्मको मात्रै बोर्डले अस्पतालहरूलाई झण्डै १८ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सरकारले बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्ने कुरा बजेटमार्फत घोषणा गरिसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार