बुटवल । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने लक्ष्यका साथ लाग्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
सोमबार कांग्रेस लुम्बिनी प्रदेशले आयोजना गरेको जरा अभियानमा उनले यस्तो बताएका हुन् । पार्टीलाई रूपान्तरण गर्दै स्थानीय तह, प्रदेश तथा संघीय संसद्को निर्वाचनमा निर्णायक सफलता हासिल गर्ने अभियान अघि बढाइएको उनले बताए ।
पार्टीभित्र एकता, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारमार्फत कांग्रेसलाई थप बलियो बनाउने अभियान सञ्चालन भइरहेको उनको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्