बालेनको अभिव्यक्तिबारे छलफल गर्न कांग्रेसले बोलायो विपक्षी दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ ।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आव्हानमा सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बैठक डाकिएको हो ।

हिजो प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले भारतको थुप्रै ठाउँमा सीमा मिचेको’ भन्दै दिएको विवादित अभिव्यक्तिबाट उत्पन्न परिस्थिति र सामूहिक रणनीतिबारे छलफल हुने बताइएको छ ।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतालाई बोलाइएको छ । दिउँसो १ बजेदेखि बस्ने प्रतिनिधिसभा बैठकमा के-कसरी प्रस्तुत हुने भन्नेबारे विपक्षी दलले सामूहिक निर्णय लिन लागेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार