सरकारी कर्मचारीलाई ५५ वर्षमै अवकाशको तयारी

काठमाडौं । सरकारले निजामती सेवामा जनशक्ति कटौतीको लक्ष्य अनुरुप ५५ वर्षमै कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज प्रस्तुत गर्न लागेको नयाँ आर्थिक वर्षको बजेटमा यसको घोषणा गर्न लागिएको हो ।

मौजुदा प्रावधानअनुसार सरकारी कर्मचारी (केही क्षेत्रबाहेक) ५८ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेपछि अनिवार्य अवकाश पाउँछन् । बजेटमा ५५ वर्ष वा ३० वर्ष सेवा अविधि पूरा गरेपछि अनिवार्य अवकाश पाउने गरी निजमती विधेयक संशोधन गर्ने घोषणा गरिने छ । यसबाट १० हजार भन्दा बढी कर्मचारी अवकाशमा जाने र सरकारी खर्च कटौति हुने अपेक्षा अर्थमन्त्रीले राखेका छन् ।

धेरै संख्यामा कर्मचारीलाई एकैपटक अवकाश दिँदा उत्पन्न हुने आर्थिक दायित्वका लागि बजेटमा स्रोत निर्धारण गरिने स्रोतले बतायो । सरकारी कर्मचारीले २० वर्ष सेवा अवधि पुगेपछि आजीवन पेन्सन पाउने व्यवस्था छ । २०७६ साउन १ गतेभन्दा पहिले नियुक्त भएका कर्मचारीलाई सरकारले नै पूरा पेन्सन दिन्छ । त्यसपछि नियुक्त भएका कर्मचारीका हकमा भने योगदानमा आधारित पेन्सन प्रणाली लागू गरिएको छ ।

अहिले अवकाश हुने कर्मचारीहरू सबै २०७६ सालभन्दा अघिका हुनेछन् । उनीहरुलाई सरकारले नै पूरा पेन्सन दिनुपर्ने हुँदा नयाँ दायित्व सिर्जना हुने छ । २० वर्ष सेवा अवधि पुगेपछि स्वेच्छिक अवकाश लिन सकिने व्यवस्था समेत छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार