काठमाडौं– सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्मा प्रस्तुत गर्दैछ ।
त्यसअघि योजना आयोगको बैठकले वार्षिक विकास कार्यक्रम र मध्यकालीन खर्च संरचना पारित गर्नेछ भने त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बसेर बजेट स्वीकृत गर्ने तयारी छ ।
अर्थ मन्त्रालयले करिब २२ खर्बको बजेट तयार गरेको बताइएको छ ।
बजेटमा कर संरचनामा आमूल परिवर्तन, मूल्यअभिवृद्धि कर (भ्याट) दर घटाउने, आयकरको सीमा तथा दर हेरफेर गर्ने विषय समेटिएको स्रोतले जनाएको छ ।
यसैगरी कर्मचारीको तलब १५–१८ प्रतिशतसम्म बढाउने तथा कर्मचारी संख्या घटाउने कार्यक्रम पनि बजेटमा समावेश हुने बताइएको छ ।
सरकारले अवकाश नजिक रहेका कर्मचारीलाई बिदा गर्ने योजना अघि सारेको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यसपटकको बजेटले ठूलो संरचनात्मक सुधारको आधार तयार गर्ने दाबी गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्