कैलालीमा चार फरार प्रतिवादी प’क्राउ, मुद्दा प्रक्रिया अघि बढ्दै

धनगढीः कैलाली प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले बुधबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका–३ का दिपेन्द्रबहादुर बटला रहेका छन्। उनलाई सवारी ज्यान मुद्दामा अदालतले तीन महिना कैद सजाय सुनाएको थियो।

यस्तै, वन मुद्दामा सजाय तोकिएका बर्दगोरिया गाउँपालिका–६ निवासी कालु भुल र घोडाघोडी नगरपालिका–४ का भुवन रतौली पनि पक्राउ परेका छन्। कालु भुललाई १५ दिन कैद र ३६ हजार ७१५ रुपैयाँ जरिवाना तथा भुवन रतौलीलाई ६ महिना कैदसहित ६० हजार ६२४ रुपैयाँ जरिवाना तोकिएको थियो।

त्यसैगरी, आत्महत्या दुरुत्साहन मुद्दामा दोषी ठहर भएका टीकापुर नगरपालिका–१ भगरैयाका भुपेन्द्र चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई २३ दिन कैद सजाय र ३० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलापछि फरार रहेका उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार