सुदूरपश्चिमका खड्का उद्योग वाणिज्य महासंघको खुला केन्द्रीय सदस्यमा विजयी

धनगढी । सुदूरपश्चिमका सन्तोष खड्का उद्योग वाणिज्य महासंघको खुला केन्द्रीय सदस्यमा विजयी भएका छन् । कुल खसेको १२९ मतमा १०२ मत पाउँदै उनी केन्द्रीय सदस्यमा विजयी भएका हुन् । 

टीकापुर उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका खड्का विजयी भएसंगै महासंघको खुला केन्द्रीय सदस्य बन्ने सुदूरपश्चिमका दोस्रो व्यवसायी भएका छन् । यसअघि पुष्प कुँवर खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । 

केन्द्रीय सदस्यमा निर्वाचित ३४ वर्षीय खड्का टीकापुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, वरिष्ठ उपाध्यक्ष हुँदै हाल अध्यक्ष छन् । उनी सन्तोष विल्डर्सका सञ्चालक हुन् भने उनको रेडिमेट कपडा पसल समेत सञ्चालनमा छ ।

व्यवासायीहरुका माझ मात्रै नभई टीकापुर क्षेत्रमै एक सक्षम युवाका रुपमा आफ्नो परिचय बनाइसकेका खड्का विभिन्न सामाजिक काममा समेत सकृय छन् । उनले जिल्ला तथा नगर उद्योग वाणिज्य संघका समस्या र निजी क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिवद्धता व्यक्त गरेका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार