कांग्रेस विवाद : पूर्णबहादुर खड्कालाई गगन थापाले भेट्ने


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गर्ने भएका छन् ।

एक नेताका अनुसार सोमबार बसेको कार्यसम्पादन समितिको बैठकमा थापाले मंगलबार देउवा र शेखर पक्षसँग छुट्टाछुट्टै छलफल गर्न लागेको ब्रिफिङ गरेका थिए ।

देउवा पक्षका नेता मीन विश्वकर्माले खड्कासँग महाराजगञ्जस्थित निवासमा बेलुका भेट्ने समय तय भएको जानकारी दिए । आधिकारिकता पाएको पक्षले एकताका लागि पहल गर्नुपर्ने उनको भनाइ छ ।

देउवा पक्षले पार्टी एकताका लागि विभिन्न सर्त अघि सारेको छ । केही दिनअघि धुम्बाराहीस्थित एक होटलमा खड्काको संयोजनमा बसेको भेलामा सर्त अघि सारिएको थियो ।

देउवा पक्षले पार्टी एकताका लागि संस्थापन पक्षसँग प्रस्ताव समेत माग गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार