सरकारका गलत कार्यहरूको विरोधमा उत्रिने हर्कराज राईको बाचा

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले आफ्नो पार्टीलाई केवल राजनीतिक शक्ति नभई सामाजिक रूपान्तरणको अभियानका रूपमा प्रस्तुत गरेका छन् ।

शनिबार खोटाङको दिक्तेलमा आयोजित कार्यक्रममा राईले मोलमिलाप, चेतना, जागरणको अभियान र श्रमदान गरेर विकासमा टेवा आफूहरूको उद्देश्य रहेको उनले बताएका हुन् ।

उनले भने, ‘हाम्रो पार्टी राजनीति गर्ने मात्र होइन, सामाजिक अभियान पनि हो । मेलमिलापको अभियान र चेतनाको अभियान पनि हो, जागरणको अभियान हो । साथै श्रमदान गरेर विकासमा टेवा पुर्याउने पार्टी पनि हो ।

उनले पार्टीले भ्रष्टाचार, दलाली र कमिसन घुसखोरी काम नगर्ने बाचा गरेका छन् ।

‘म तपाइँलाई के बचन दिन्छु भने मोलमोलाइ, दलाली, भष्ट्रचार, कमिसन वा घुसखोरी काम कदापि गर्ने छैनौँ। आफ्ना सांसदलाई पनि सचेत गराई रहेको छु,’ उनले भने ।

आफ्ना पेट पाल्न र पेट बढाउनका लागि होइन देश बनाउन, बचाउन र देशको सुधारको लागि लाग्ने उनले बताए ।

उनले भने, ‘आफ्ना पेट पाल्न र पेट बढाउनका लागि होइन, देश बनाउन र बचाउनका लागि हो । देश सुधार लागि लाग्ने छौँ ।’

उनले सुशासनको पक्षमा दृढतापूर्वक उभिने र वर्तमान सरकारका गलत कार्यहरूको विरोध गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार