बुद्धका आदर्श व्यवहारमा लागु गर्न आवश्यक छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धका आदर्शहरूलाई व्यवहारमा लागु गर्नु आजको आवश्यकता भएको बताएका छन् । 

बुद्धजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सामाजिक न्याय, साँस्कृतिक विविधताको सम्मान, समानता र सहअस्तित्वमा आधारित समाज निर्माणमार्फत् मात्र शान्त र समुन्नत नेपाल निर्माण सम्भव भएको स्पष्ट पारेका छन् । 

‘बुद्धले प्रतिपादन गर्नुभएको शान्ति, अहिंसा, करुणा र मध्यम मार्गको सन्देश आजको विश्व र नेपालको सन्दर्भमा अत्यन्त सान्दर्भिक छ। विभेद, असमानता र अन्याय कायम रहँदासम्म न स्थायित्व सम्भव छ, न समृद्धि नै। त्यसैले बुद्धका आदर्शहरूलाई केवल श्रद्धामा सीमित नराखी व्यवहारमा लागू गर्नु आजको आवश्यकता हो । सामाजिक न्याय, सांस्कृतिक विविधताको सम्मान, समानता र सहअस्तित्वमा आधारित समाज निर्माणमार्फत मात्र शान्त र समुन्नत नेपाल निर्माण सम्भव छ’, उनले भनेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार