बालेन सरकारविरुद्ध आन्दोलनमा उत्रने भए सुकुमबासी

सुकुमबासीहरु सरकारविरुद्ध आन्दोलनमा उत्रिने भएका छन् । अखिल नेपाल सुकुमबासी संघको नेतृत्वमा उनीहरु आन्दोलनमा होमिने तयारीमा छन् ।

संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेको छ ।

संघका अध्यक्ष अमर परियारले सरकारले नागरिकको संवैधानिक हकहरूको उल्लंघनसहित राज्य आतङ्क फैलाउँदै देशभरका लाखौँ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूमा डोजर चलाई अमानवीय तरिकाले उठिबास लगाउने कार्य गरेकाले त्यसविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गर्न लागिएको बताए ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को निर्देशनमा सुरक्षाकर्मीले हालै मात्र काठमाण्डु उपत्यकाका थापाथली, सिनामंगल, मनोहरासहितका नदी किनारमा रहेका सुकुमबासी बस्तीमा डोजर चलाएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार