आगामी चुनावका टिकट बाँड्दैं नहिड्नु,कारबाही होला

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एकरूपता अपनाउन निर्देशन दिएका छन् ।

सिंहदरबारमा जारी रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा सभापति लामिछानेले सांसदहरूलाई आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एकरूपता अपनाउन निर्देशन दिएका छन् ।

सिंहदरबारमा जारी रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा सभापति लामिछानेले सांसदहरूलाई आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।धेरै कुराहरू सिक्न बाँकी छ तसर्थ सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सके जति सल्लाह र सुझाव लिन रविले सुझाव दिइएका छन् ।

साथै लामिछानेले आगामी निर्वाचनको टिकटबारे पनि कुनै पनि सांसदले कसैलाई प्रतिबद्धता नदिन निर्देशन दिए । 

आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि उम्मेदवार क्लब (Candidate Club) को अभ्यास हुँदै छ । त्यसपछि उम्मेदवार सिस्टमले चयन गर्ने छ । 


लामिछानेले भने,’टिकटका विषयमा गलत अभ्यास भएको भेटिए, कसैलाई केही भनेको पाइएन कारबाहीको भागिदार हुनुपर्छ । ‘

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार