कांग्रेस संसदीय दलको बैठक सुरु

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालय दलको नेता चयन गर्नका लागि बैठक बसिरहेको हो ।

बैठकमा सभापति गगन थापा समेत सहभागी भएका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी पहिलो पल्ट संसदीय दलको कार्यालय पुगेका हुन् ।

उनलाई सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही`, सदस्य तथा केन्द्रीय सदस्य मुना भुसाल र कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले स्वागत गरेका थिए ।

आजको संसदीय दलको बैठक दलको नेता चयन गर्ने छ ।

संसदीय दलको बैठक बस्नुअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको थियो ।

सो निर्णयलाई संसदीय दलको बैठकबाट अनुमोदन गर्ने तयारी छ । कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयन गर्न लागेको यो पहिलोपटक हो ।

आङ्देम्बे कांग्रेसको समानुपातिक सांसद हुन् ।

सुरुमा कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्य प्रमुख दाबेदार थिए । तर, एकताको सन्देश दिनका लागि आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने आवाज कांग्रेसभित्र उठ्दै आएको छ ।

उनी पार्टीको १४ औं महाधिवेशनमा देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए । तर, गगन थापालाई सभापति चयन गरेको विशेष महाधिवेशनमा भने उनी सहभागी भएका थिएनन् ।

यद्यपि, उनले आफूलाई कुनै समूहको लेबल नलगाउन र आफू सभापति थापाको स्पिरिट अनुसार काम गर्न तयार रहेको भन्दै फेसबुक स्टाटस लेखेका थिए ।

पार्टीको आन्तरिक एकताको सन्देश दिन पनि आङ्देम्बेलाई नै संसदीय दलको नेता बनाउनुपर्ने आवाज उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरुले राख्दै आएका छन् ।

उनलाई शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताहरुले साथ दिएकाले ३८ सदस्यीय कांग्रेस संसदीय दलमा आङ्देम्बेको पक्षमा बहुमत पनि पुग्ने स्रोत बताउँछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार