अत्तरिया बसपार्क क्षेत्रमा अस्तव्यस्त : सडक नै पार्किङ र यात्रु प्रतीक्षालय बनेपनि ट्राफिक प्रहरी भने मुखदर्शक !

भक्तराज जोशी

कैलाली : अतरिया बसपार्क क्षेत्र यतिबेला फेरि अव्यवस्थित बनेको देखिएको छ। बसपार्कबाट बाहिरिने मुख्य सडकमा सवारी साधन, पैदल यात्री र यात्रु एकै ठाउँमा हुँदा आवत-जावत अस्तव्यस्त बनेको स्थानीयले बताएका छन्।

स्थानीयको अनुसार, ट्राफिक प्रहरी कार्यालय सोही सडकबाट करिब १०० मिटर दूरीमै रहे पनि प्रभावकारी उपस्थिती र नियमित अनुगमन नहुँदा सडक व्यवस्थापन कमजोर बनेको छ। बसपार्कको व्यवस्था हुँदाहुँदै पनि सवारी साधन सडकमै रोकिने, यात्रु चढाउने-ओराल्ने काम भइरहँदा दुर्घटनाको जोखिम बढेको छ।

यसले दैनिक आवत-जावत गर्ने यात्रु तथा पैदल यात्रुलाई समेत समस्या भइरहेको छ। “ट्राफिक कार्यालय नजिकै भए पनि सडकको अवस्था यस्तो हुनु दुःखद हो,” स्थानीयले गुनासो गरेका छन्।

स्थानीयले तत्काल ट्राफिक व्यवस्थापन कडा बनाउन, बसपार्कको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न र नियमित अनुगमन बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार