धनगढीका प्रधानाध्यापकलाई सांसद् डा. चन्दको ‘क्लास’, दुर्व्यसन रोक्ने दाबी

भक्तराज जोशी

धनगढी : धनगढीमा बालबालिकामा बढ्दो दुर्व्यसन रोक्न सकिने विश्वासका साथ एउटा फरक किसिमको प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ। प्रतिनिधि सभा सदस्य डा. आनन्द बहादुर चन्द ले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई लक्षित गर्दै मानसिक स्वास्थ्य र अभिभावकको व्यवहारबारे विशेष कक्षा चलाएका हुन्।

धनगढी उप–महानगरपालिका भित्रका विद्यालय प्रमुखहरू सहभागी भएको उक्त कार्यक्रममा ‘अनुभूत अभिभावकत्व, भावनात्मक सन्तुलन र सहयोगी व्यवहार’ जस्ता विषयमा छलफल गरिएको थियो। कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो।

पहिलो चरणमा स्वयं डा. चन्दले प्रशिक्षण दिएका थिए। उनले राजनीतिलाई केवल सत्ता परिवर्तनको माध्यम नभई सोच र व्यवहार परिवर्तन गर्ने माध्यमका रूपमा लिनुपर्ने बताए। “शिक्षामा सुधार बिना समाज परिवर्तन सम्भव हुँदैन,” भन्ने उनको जोड थियो। उनले आफ्नो अनुभव विद्यालयको विकासमा प्रयोग गर्ने प्रयासको सुरुआत भएको पनि उल्लेख गरे।

दोस्रो चरणमा मनोविद् डा. नरेन्द्र ठगुन्ना ले सहजीकरण गरे। उनले बालबालिकाको मानसिक स्वास्थ्यमा अभिभावक र शिक्षकको भूमिका निकै महत्वपूर्ण हुने बताए। उनका अनुसार विद्यालय केवल पढाइ गर्ने ठाउँ मात्र होइन, बालबालिकाको भावनात्मक विकास हुने आधार पनि हो।

प्रशिक्षणमा सहभागी प्रधानाध्यापकहरूलाई प्रशासनिक काममै सीमित नभई विद्यार्थीको भावनात्मक पक्ष बुझ्ने र सहयोग गर्ने वातावरण बनाउनेतर्फ ध्यान दिन आग्रह गरिएको थियो। सहभागीहरूले यो कार्यक्रम व्यवहारिक रूपमा उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।

सांसद् चन्दले विद्यालय, अभिभावक र समुदायबीच सहकार्य बढाउन सके बालबालिकाको मानसिक अवस्था सुधारिनुका साथै दुर्व्यसन पनि घटाउन सकिने विश्वास व्यक्त गरे।

कार्यक्रम सफल बनाउन धनगढी उप–महानगरपालिका ले समन्वय गरेको थियो। यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर गरिने जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार