वास्तविक सुकुम्बासी पनि यो देशका नागरिक हुन्’: ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता एवं सांसद ज्ञानेन्द्र शाहीले सांसद शाहीले वर्तमान सरकारले संसद प्रभावकारी रूपमा सञ्चालन गर्नु पर्नेमा जोड दिँदै सत्ता पक्षले संसदबाट भाग्ने काम नगर्न आग्रह गरेका छन् ।

आइतवार न्यूज एक्सप्रेसले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै सांसद शाहीले सरकारसमक्ष माग राख्दै भनेका छन्– ‘ल्याउनुस् विधेयक, छलफल गरौँ ।’

सांसद शाहीले सुकुम्बासीको समस्यालाई लक्षित गर्दै भने– ‘सरकारले नक्कली सुकुम्बासीलाई कानुनी दायरामा ल्याएको छ, हामीले खुलेर प्रशंसा गरेका छौं । तर जो वास्तविक सुकुम्बासी छन्, उनीहरू पनि यो देशका नागरिक हुन् ।’

कार्यक्रममा बोल्दै सांसद शाहीले स्थानीय तहको प्रशासकीय अधिकृत नियुक्तिका लागि संघीय सरकारका मन्त्रीको ढोकामा पुग्नु पर्ने बाध्यता रहेको भन्दै स्थानीय तह पार्टीका कार्यकर्ता भर्ती गर्ने केन्द्रजस्तो बनेको आरोप लगाए ।

शाहीको भनाइ छ– ‘आज स्थानीय तहको प्रशासकीय अधिकृत नियुक्तिको लागि संघीय सरकारको मन्त्रीको ढोकामा आउनु पर्ने बाध्यता छ, स्थानीय तह पार्टीका कार्यकर्ता भर्ति गर्ने केन्द्र जस्तो भएको छ । आज एउटा गाउँपालिकामा २ सयदेखि ३ सयसम्म कर्मचारी छन् । २० करोड बजेट गयो भने १० करोड तलब मै जान्छ । सबै मिलेर लुट्न बनाएको भने भइहाल्यो त, होइन भने के बनाएको यस्तो ? स्थानीय तहलाई नियमन गर्ने निकाय खै ?’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार