मिस्रीको नेपाल आगमन निश्चित, कूटनीतिक भेटवार्ता हुने

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री चाँडै नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ।

विदेश सचिव मिस्रीले नेपाल आएपछि नयाँ सरकारलाई बधाई सन्देश दिने र प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय टुङ्गो लगाउने बताइएको छ । 

उनले भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरूसँग मन्त्रालयमा कुराकानी गर्दै छिट्टै नेपाल आउने योजना रहेको तर मिति भने अझै तय नभएको  उनले बताए । साथै उनले नेपालका परराष्ट्रमन्त्रीसँग यसबारे निरन्तर छलफल भइरहेको पनि बताए।

यसअघि मोरिससमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबिच भेटवार्ता भएको थियो । सो भेटमा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको विषयमा पनि छलफल भएको थियो।

प्रधानमन्त्री बालेनले भारतको निमन्त्रणा स्वीकार गरिसकेका छन् भने उपयुक्त समयमा भारत भ्रमण गर्ने बताएका छन् । उनको भ्रमणअघि भारतबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल पठाइने जानकारी दिइएको थियो ।

विदेशमन्त्री जयशंकरले विदेश सचिवलाई नेपाल पठाउने प्रतिबद्धता जनाएपछि मिस्रीको भ्रमण तयारी गरिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार