नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार वैशाख १४ गते सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ।
कांग्रेसले संसदीय दल नेता चयन गरेको छैन।
यसअघि गत शुक्रबारको केन्द्रीय कार्यसम्पादन समितिले सहमतिमै संसदीय दल नेता चयन गर्न एक कार्यदल बनाएको थियो।
सो कार्यदलको सुझावका आधारमा सोमबार केन्द्रीय कार्यसम्पादन समितिमा सभापति गगन थापाले संसदीय दल नेताको नाम प्रस्ताव गर्ने र दिउँसो १ बजे निर्वाचन समितिबाट घोषणा गर्ने कार्यक्रम तय रहेको नेताहरूले जनाएका छन्।




प्रतिक्रिया दिनुहोस्