कीर्तिपुरमा सुकुम्बासी असन्तुष्ट: पेटभरि खाना छैन

१३ वैशाख,  काठमाडौं । सरकारले काठमाडौंको थापाथली-गैरीगाउँ-सिनामंगल लगायत क्षेत्रबाट सुकुमवासी बस्ती खाली गराएको छ । आइतबार यी बस्तीहरू खाली गराइएको हो । मनोहरा क्षेत्रका सुकुमवासी बस्ती हटाउने क्रम अहिले जारी छ ।

यी क्षेत्रबाट हटाइएका सुकुमवासीहरूलाई सरकारले कीर्तिपुर लगायतका क्षेत्रमा अस्थायी रूपमा व्यवस्थापन गरेको छ । बस्ती छाडेर सम्पर्कमा आएकाहरूलाई सरकारले ‘स्क्रिनिङ’ प्रक्रियामा सामेल गरी अस्थायी सेल्टरमा लगेर व्यवस्थापन गरेको हो ।

स्क्रिनिङका लागि भूमि सुधार र सहरी विकास मन्त्रालय तथा काठमाडौं महानगरपालिकाको टोली खटिएका थिए  । टोलीले उनीहरूको व्यक्तिगत विवरण, पारिवारिक विवरण र सामानको विवरण लिएको थियो ।

सम्पर्कमा आएकाहरूलाई सरकारले कीर्तिपुर सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा लगेर राखेको छ ।

यसबाहेक उपत्यकाका विभिन्न ठाउँबाट विस्थापित हुने सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र र ललितपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राख्ने व्यवस्था सरकारले मिलाएको छ ।

अस्थायी सेल्टरमा बसेका सुकुमवासीहरूलाई काठमाडौं महानगरपालिकाले खानाको व्यवस्था समेत गरेको छ । महानगरले उनीहरूलाई प्याकेटको खाना व्यवस्था गरेको छ । शनिबार साँझ र आज बिहानका लागि बाहिरबाट ल्याइएको प्याकेटको खाना खुवाइएको छ ।

अस्थायी सेल्टरमा बसेका सुकुमवासीहरूलाई आइतबार बिहान चिया र बिस्कुटको व्यवस्था गरिएको थियो । तर केहीले त्यो पनि खान नपाएको भन्दै गुनासो गरेका छन् । मध्यान्ह १२ बजे खाना आएपछि लाइन लगाएर खानाको प्याकेट वितरण गरिएको थियो ।

वर्षौंदेखि बस्दै आएको बस्ती छाड्नुपरेको पीडा बोकेका उनीहरूले एक प्यकेट खानाले पेट नभरिने भन्दै आक्रोश पोखेका थिए । महानगरले उपलब्ध गराएको एक प्याकेट खानाले पेट नभरिने भन्दै उनीहरूले चित्त दुःखाएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार