बाबुराम भट्टराईको फेसबुक पेज अचानक गायब

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पनि फेसबुक पेजमा समस्या देखिएको छ । केही समयदेखि उनको फेसबुक पेज देखिएको छैन् ।

यसबारे उनको सचिवालयले पनि जानकारी दिएको छ  । सचिवालयले भनेको छ, ‘पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा केही प्राविधिक समस्या देखिएको छ । हाल उक्त पेज पुनः प्राप्त (रिकभर) गर्ने प्रयास जारी रहेको जानकारी सम्पूर्णमा अनुरोध छ ।’

केही दिनअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको पनि पेजमा समस्या आएको थियो । अहिले उनको पेजको समस्या समाधान भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार