कैलालीमा एक वृद्धको शव नहरमा फेला परेको छ। जिल्लाको जानकी गाउँपालिका–९, कतासेस्थित रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको हाइड्रोपावर नहरमा ७७ वर्षीय हरिराम थारु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
शनिबार स्थानीयले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि पुगेको प्रहरी टोलीले शव उद्धार गरी आवश्यक प्रक्रिया अघि बढाएको छ।
घटनाको कारण अहिलेसम्म खुलेको छैन भने प्रहरीले यस विषयमा थप अनुसन्धान जारी राखेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्