वीरगञ्ज । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेल्दि आदिल आलम बारामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।
बाराको बम नहर रोड अन्तर्गत थलही पुलमा शुक्रबार उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनालगत्तै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव घटनास्थल पुगेर घाइते अन्सारीको उद्धारमा सहयोग गरेका थिए ।
अन्सारीलाई तत्कालै उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल पुर्याइएको थियो । अस्पताल भर्ना गरिएका अन्सारीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पारिवारले जानकारी दिएको छ ।




प्रतिक्रिया दिनुहोस्