सम्पत्ति शुद्धीकरणका महानिर्देशकलाई मन्त्रालय तानियो

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालय तानेर जगेडामा राखिएको छ । बिहीबार उनलाई जिम्मेवारीबाट हटाउँदै अर्थ मन्त्रालय तानिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । 

गत असोज महिनादेखि विभागमा महानिर्देशकको जिम्मेवारीमा रहेका उनलाई अहिले मन्त्रालयमा जगेडामा राखेर कुनै जिम्मेवारी दिइएको छैन । 

स्रोतका अनुसार हाल अनुसन्धान चलिरहेको एक कम्पनीको मुद्दामा उनकी श्रीमतीको नाममा पनि सेयर देखेपछि स्वार्थको द्वन्द्व हुने देखिएर उनलाई जिम्मेवारी मुक्त गरिएको हो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार