पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले सुशासनको जग बसाल्न विधिको शासन अर्थात् ‘रुल अफ ल’ को जगेर्ना गर्नुपर्नेमा जोड दिएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै कानुनको शासन र कानुनद्वारा गरिने शासनबिचको भिन्नता बुझ्न आवश्यक रहेको बताएका हुन्।
अर्यालले फेसबुकमा लेखेका छन्, ‘’रुल अफ ल’ र ‘रुल बाइ ल’ बिच तात्त्विक फरक छ। सुशासनको जग बसाल्न ‘रुल अफ ल’को जगेर्ना गरौँ। दिशाबोध होस्, तत्वबोध पनि होस्।’
उनले सुशासन कायम गर्नका लागि केवल कानुन हुनु मात्र पर्याप्त नभई त्यसको मर्मअनुसारको पालना हुनुपर्ने उल्लेख गरेका छन्।




प्रतिक्रिया दिनुहोस्