ऋषि धमलालाई किन दिइयो एक हप्ते अल्टिमेटम ?

काठमाडौं । श्रमजीवी पत्रकार संघले प्राइम टेलिभिजनमा कार्यरत पत्रकार तथा कर्मचारीहरूको बाँकी रहेको तलब-भत्ता उपलब्ध गराउन एक साताको अल्टिमेटम दिएको छ ।

संघले प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलालाई सम्बोधन गर्दै बुझाएको ‘अल्टिमेटम-पत्र’ मा लामो समयदेखि श्रमजीवीहरूले पारिश्रमिक नपाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकारहरूले आफ्नो बक्यौता पारिश्रमिक तथा सेवा-सुविधाका लागि व्यवस्थापन पक्षलाई लिखित रूपमै मागपत्र बुझाउँदा समेत हालसम्म कुनै ठोस पहल नहुनु गैरजिम्मेवार र कानुन विपरीत कार्य भएको संघको ठहर छ ।

अल्टिमेटममा भनिएको छ,’प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमला तथा सम्बन्धित व्यवस्थापन पक्षलाई एक साताभित्र सम्पूर्ण बक्यौता तलब-भत्ता भुक्तानी गर्न र श्रमजीवी पत्रकार ऐनअनुसारका सेवा-सुविधा सुनिश्चित गर्न संघ जोडदार माग गर्दछ ।’

संघका अध्यक्ष जन्मदेव जैसीद्वारा हस्ताक्षरित पत्रमा पत्रकारिता पेसा केवल सेवाभाव मात्र नभई श्रमसँग प्रत्यक्ष जोडिएको पेसा भएको उल्लेख गरिएको छ । प्रचलित श्रम कानुनअनुसार समयमै पारिश्रमिक र सुरक्षित कार्य वातावरण उपलब्ध गराउनु सञ्चार संस्थाको अनिवार्य दायित्व भएको र यसलाई बेवास्ता गर्नु श्रम अधिकारमाथिको गम्भीर उल्लंघन भएको संघले जनाएको छ ।

सात दिनभित्र माग सम्बोधन नगरिएमा पीडित पत्रकारहरूसँग मिलेर चरणबद्ध आन्दोलन, कानुनी लडाइँ र दबाबमूलक कार्यक्रमहरू अघि बढाउने चेतावनी दिइएको छ । त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी सञ्चार संस्था र व्यवस्थापन पक्षले नै लिनुपर्ने पत्रमा प्रस्ट पारिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार