काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्यान्ड र जर्मनी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–२ बस्ने काठमाडौं महानगरपालिका–१४ घर भएकी ३३ वर्षीया बिनिता नगरकोटी र भक्तपुर मध्यपुर थिमी नगरपालिका–२ राधेराधे बस्ने मोरङ बेलबारी नगरपालिका–२ घर भएकी ३६ वर्षीया बेनु श्रेष्ठ रहेका छन् ।
पक्राउ परेकामध्ये बिनिताले पोल्यान्ड पठाइदिन्छु भन्दै एकजना पीडितबाट एक लाख २० हजार रुपैयाँ र बेनुले जर्मनी पठाइदिन्छु भन्दै एकजना पीडितबाट १६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिनितालाई कीर्तिपुर नगरपालिका–२ बाट मंगलबार र बेनुलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ राधेराधेबाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । रासस




प्रतिक्रिया दिनुहोस्