नेकपा स्थापना दिवस कार्यक्रममा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ७७औँ स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यलय च्यासलमा दिउँसो २ बजे हुने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशालगायत विषय समेटिने बताइएको छ ।

कार्यक्रममा सहभागी हुन काठमाडौँ उपत्यकामा रहेका पार्टी केन्द्र, जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छकहरुलाई आग्रह गरिएको छ ।

नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार