काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव दिएका छन्।
मंगलबार सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै साम्पाङले यस्तो सुझाव दिएका हुन्। पक्राउ परेका विवादिद व्यापारी दिपक भट्टसँग व्यापारीक साझेदारी देखिएपछि गृहमन्त्री गुरुङलाई राजीनामाको दबाब सृजना भएको छ।
यही सन्दर्भमा साम्पाङले पनि पदबाट राजीनामा दिँदा उपयुक्त हुने प्रतिक्रिया दिएका हुन्। ‘उहाँ (गृहमन्त्री)ले जहिले जहिले पनि नयाँ/नयाँ सुनिराखिन्छ (विवाद)। त्यस्तो नहुँदा राम्रो हुन्थ्यो। अब हप्तामा दुई तिन चोटी सुनिन्छ घरी के घरी के। उहाँले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु’, उनले भने।
अध्यक्ष राईले सुशासन कायम गर्नेतर्फ केन्द्रित हुन सरकारलाई सचेत पनि गराए।




प्रतिक्रिया दिनुहोस्