काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुको लेवि घटाइएको छ । पार्टीको केन्द्रीय कार्यालयको बैठकले सांसदहरुले बुझाउने मासिक लेवि घटाएको हो ।
सांसदहरुको लेवि १६ हजार ५ सयबाट घटाएर १५ हजार पुर्याइएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
सांसदहरुको लेवि १६ हजार ५ सयबाट घटाएर १५ हजार पुर्याइएको छ ।
झाका अनुसार मन्त्रीहरुको हकमा भने मासिक १८ हजार लेवि यथावत् राखिएको छ । स्वकीय सचिवहरुले पनि पार्टीप्रति लगाव राखुन् भन्ने उद्देश्यले उनीहरुले पाउने सुविधाबाट मासिक २ हजार रुपैयाँ लेवि तिर्नुपर्ने पार्टीले निर्णय गरेको छ ।
त्यस्तै, बैठकले पार्टीको दोस्रो महामन्त्रीका रुपमा भूपदेव शाहलाई मनोनयन अनुमोदन गरेको छ । यता केन्द्रीय सदस्य तथा निर्वाचित सांसद सागर ढकाल र सरिता ज्ञवालीलाई केन्द्रिय सचिवालय सदस्यमा थप गरिएको छ । बैठकमा गृहमन्त्री र छानबिन समितिका विषयमा भने कुनै औपचारिक छलफल नभएको बताइएको छ ।




प्रतिक्रिया दिनुहोस्