धनगढीबाट हराएका एक वृद्ध व्यक्ति सकुशल घर फर्किएका छन्। धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोलका ६४ वर्षीय कर्णजित साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए।
उनी सोही दिन बिहान करिब ११ बजेतिर चिसापानी बजार क्षेत्रमा हिँडिरहेको अवस्थामा फेला परेका थिए। फेला पार्ने एक व्यक्तिले उनलाई आफ्नो घरमा सुरक्षित राखेका थिए।
पछि परिवारसँग सम्पर्क स्थापित भएपछि साउँद आज बिहान करिब ९:३० बजे आफ्नै घर फर्किएका छन्। उनी सकुशल घर फर्किएसँगै परिवारले खोजी तथा सहयोगमा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरेको छ।




प्रतिक्रिया दिनुहोस्