काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले सर्वोच्च अदालतको फैसला स्वीकारेर पार्टीको बृहत्तर हितका लागि एकताबद्ध भएर लाग्नुको विकल्प नभएको बताएका छन्।
उनले नेता कार्यकर्तालाई पार्टी छाडेको निर्णय नगर्न आग्रह गरेका छन्।
शेखर कोइराला निकट नेता गुरुङले पूर्वसभापति शेरबहादुर देउवा निकटको बैठकमा नगएर हिजो आफूनिकट नेताहरुको बेग्लै छलफल राखेका थिए। कोइराला विराटनगर भएकाले हिजोको बैठकमा सहभागी थिएनन्।
आफूपक्षीय नेताहरुको छलफलको निष्कर्षबारे उनले भनेका छन्, ‘हिजो मात्रै हामी केही पूर्वकेन्द्रीय नेताहरू बसेर सर्वोच्चको फैसलालाई स्वीकार गरेर अगाडी बढ्ने टुङ्गो लगाइसकेको अवस्था हो। तर सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसका केही साथीहरूले पार्टी छाडेको घोषणा गरिरहेको तर्फ मेरो ध्यानाकर्षण भएको छ।’
आफ्नो रगत र पसिना सिँचेको पार्टी परित्याग गर्नु जीवनमा ठूलो भूल हुने बताएका छन्। उनले पार्टी छाड्ने भूल नगरी निर्माणमा लाग्न आग्रह गरेका छन्।




प्रतिक्रिया दिनुहोस्