गृहमन्त्री सुधन गुरुङ राति नै पार्टी सभापति भेट्न पुगे, पार्टीभित्र राजीनामाको दबाब तीव्र

काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा प्रत्यक्ष साझेदारी भेटिएका गृहमन्त्री सुधन गुरुङ आइतबार राति रास्वपा सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् ।

भट्टसम्बद्ध स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात आइतबार सार्वजनिक भएको थियोे । अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ साझेदार हुँदा अनुसन्धान प्रभावित हुने भनी उनले राजीनामा दिनुपर्ने माग सत्तारूढ रास्वपामा उठ्न थालेको छ । राजीनामाको दबाब बढेपछि मन्त्री गुरुङ बूूढानीलकण्ठस्थित लामिछाने निवासमा पुगेका हुन् । बेलुकी ८ बजेपछि पुगेका उनी राति १० बजेको हाराहारीमा निस्किएको सुरक्षास्रोतले जनाएको छ ।

गुरुङ लामिछानेको घर पुग्दा परिवारका सदस्य र पार्टीका कोही पनि सहकर्मी थिएनन् । रास्वपास्रोतका अनुसार गुरुङले प्रधानमन्त्री बालेन्द्र साह र लामिछानेबीच फोन संवाद गराउँदै राजीनामाको दबाब मत्थर पार्ने प्रयास गरेका थिए । सभापति लामिछानेले सोमबार पनि पार्टीको बैठक जारी रहेको र आफ्नो कुरा बैठकमै राख्न सकिने भनेको स्रोतले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार