पार्टीभित्रको विवाद १५ औ महाधिवेशनबाट हल हुन्छ : प्रदीप पौडेल

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५ औं महाधिवेशनमा सबैको सहभागिता हुने अवस्था बनाइने बताएका छन् ।
आइतबार काठमाडौंमा कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको बैठककाबीच सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले पार्टीभित्रको समस्या महाधिवेशनबाटै हल हुने भन्दै महाधिवेशनमा सबैको सहभागिता हुने अवस्था बनाइने बताएका हुन् ।

पार्टीका अग्रज नेताहरुलाई आफूहरुले अभिभावक मान्ने उल्लेख गर्दै पौडेलले पार्टीका निम्ति समर्पित भएर काम गरेका नेताहरुलाई पार्टीको हरेक प्रक्रियामा सहभागी गराइने धारणा राखे । उनले अहिलेको अवस्थामा आफ्नो व्यक्तिगत हितका लागि भन्दा पनि पार्टीको बृहत्तर हितका लागि सबै गम्भीर हुनुपर्नेमा जोड दिए । पौडेलले असन्तुष्ट पक्षहरुलाई केन्द्रीय समिति र अरु समितिहरुमा पक्षधरताको आधारमा सहभागी बनाइने बताए । विशेष महाधिवेशनको म्यान्डेट र कांग्रेसको विधानभित्र बसेर नै पार्टीलाई एकताबद्ध बनाइने समेत उनको भनाइ छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार