यस्ता छन् रास्वपा बैठकका नौ एजेन्डा

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठकका लागि नौ वटा एजेन्डा प्रस्तुत गरेको छ।

भोलि (वैशाख ७ गते) बस्ने बैठकका प्रस्तावित कार्यसूची आज सार्वजनिक गरेको हो।

बैठक पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा दिउँसो ३ बजे बस्ने रास्वपा केन्द्रीय कार्यालयले जनाएको छ।

केन्द्रीय समिति बैठकको प्रस्तावित कार्यसूचि
१) पार्टी गतिविधि ब्रिफिङ।
२) केन्द्रीय सदस्यहरुको रिपोर्टिङ। (२० जना २ मिनेटका दरमा)
३) केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा।
४) महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा।
५) विधान संशोधन सम्बन्धमा।
६) स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आब्हान सम्बन्धमा। 
७) प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा।
८) सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा।
९) विविधः
क) विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा।
ख) विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन।
ग) संसदीय दलको विधान संशोधन सम्बन्धमा।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार