रास्वपा केन्द्रीय समिति बैठकमा सदस्यहरुले २ मिनेट बोल्न पाउने, यस्ता छन् ९ एजेण्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा सदस्यहरुले सम्बोधन गर्ने समयसीमा तोकिएको छ ।

सोमबार अपराह्न ३ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा विधान संशोधनदेखि प्रवास मताधिकारसम्मका ९ एजेन्डामा छलफल हुने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा पार्टीको पछिल्लो राजनीतिक गतिविधिबारे ब्रिफिङ हुनेछ भने २० जना केन्द्रीय सदस्यहरूले जनही २ मिनेटको समयमा आ–आफ्नो जिम्मेवारीको प्रगति विवरण प्रस्तुत गर्नेछन्। सांगठनिक संरचनालाई पूर्णता दिन केन्द्रीय समितिमा रिक्त रहेका पदाधिकारीहरूको मनोनयन गर्ने र सचिवालयले यसअघि गरेका निर्णयहरूलाई अनुमोदन गर्ने एजेन्डा पनि तय गरिएको छ।

यसैगरी, रास्वपाले आगामी महाधिवेशनलाई लक्षित गरी ‘महाधिवेशन कार्यविधि मस्यौदा’ र ‘विधान संशोधन’ का विषयमा पनि गहन छलफल गर्ने जनाएको छ। आगामी निर्वाचनको पूर्वतयारी स्वरूप ‘स्थानीय तह उम्मेदवार क्लब’ गठन गर्ने र सम्भावित उम्मेदवारहरूबाट आवेदन आह्वान गर्ने विषयलाई पनि रास्वपाले प्राथमिकतामा राखेको छ।

विदेशमा रहेका नेपालीहरूलाई उनीहरू भएकै ठाउँबाट मतदान गर्न पाउने व्यवस्था (प्रवास मताधिकार) का लागि पार्टीले गर्ने पहल र विविध प्राविधिक विषयहरू पनि बैठकको मुख्य आकर्षण हुनेछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार