प्रतिपक्ष दल श्रम संस्कृति पार्टीले विज्ञहरूसँगको सामूहिक छलफल सुरु गरेको छ ।
संघीय संसदमा पहिलो पटक सहभागी भएको सो पार्टीले आइतबार ललितपुरमा छलफल सुरु गरेको हो ।
छलफलमा डा. सुन्दरमणि दीक्षित, डा. राजाराम सुवेदी,३. प्रो. डा. राजकुमार पोखरेल,डा. टिकाराम गौतम, डा. केशवमान शाक्य, डा. लाल रापचा, डा. विजयप्रसाद मिश्रसहित पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राईसहित पार्टीका नेताहरू सहभागी भएका छन् ।
श्रम संस्कृति र प्रविधिको समान उपयोग गरेर अघि बढ्ने संकल्प लिइएको भनिएको सो पार्टीले पार्टीले आगामी दिनमा खेल्ने भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूसँगको छलफल सुरु गरेको बताइएको छ ।




प्रतिक्रिया दिनुहोस्