सुदूरपश्चिमका ८८ स्थानीय तहलाई ९१ करोड ८० लाख समानीकरण अनुदान

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेशअन्तर्गतका ८८ स्थानीय तहलाई समानीकरण अनुदान स्वरूप कुल ९१ करोड ८० लाख रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ। आर्थिक मामिला मन्त्रालयका अनुसार उक्त अनुदान न्यूनतम, सूत्रमा आधारित र कार्यसम्पादन मूल्यांकन गरी तीन आधारमा बाँडफाँट गरिनेछ।

यसअनुसार १५ करोड ८१ लाख ६५ हजार रुपैयाँ न्यूनतम अनुदानका रूपमा, ७२ करोड ३१ लाख १५ हजार रुपैयाँ सूत्रमा आधारित वितरण र ३ करोड ६७ लाख २० हजार रुपैयाँ कार्यसम्पादनका आधारमा स्थानीय तहलाई उपलब्ध गराइनेछ।

गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले ९० करोड रुपैयाँ अनुदान छुट्याएको थियो, जसअन्तर्गत रकम तीन किस्तामा निकासा गर्ने व्यवस्था गरिएको थियो र दुई किस्ता रकम पहिल्यै वितरण भइसकेको मन्त्रालयले जनाएको छ।

आगामी वर्षका लागि सबैभन्दा बढी अनुदान धनगढी उपमहानगरपालिकाले प्राप्त गर्नेछ, जसले २ करोड ७० लाख ७ हजार रुपैयाँ पाउनेछ। त्यसपछि भीमदत्त नगरपालिका दोस्रो स्थानमा रहेको छ, जसलाई २ करोड ४२ लाख ५९ हजार रुपैयाँ उपलब्ध हुनेछ।

अर्कोतर्फ, सबैभन्दा कम अनुदान साइपाल गाउँपालिकाले पाउने भएको छ। उसले आगामी वर्ष ४४ लाख ७७ हजार रुपैयाँ प्राप्त गर्नेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार