रास्वपाको सचिवालय बैठक आज, महाधिवेशन तयारीसहित ६ एजेन्डामा छलफल

काठमाडौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज आइतबार दिउँसो ३ बजे वनस्थलीस्थित पार्टी मुख्यालयमा बस्दैछ। सभापति रवि लामिछाने ले बोलाएको बैठकमा सांगठनिक विस्तार र महाधिवेशनको तयारीसहित ६ मुख्य कार्यसूचीमा छलफल हुने जनाइएको छ।

बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३ पारित गर्ने, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने विषयमा निर्णय हुने अपेक्षा गरिएको छ। साथै पार्टीको आर्थिक पारदर्शिता कायम गर्न बैंक खाता सञ्चालन सम्बन्धी व्यवस्था, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागहरूको मनोनयनबारे पनि छलफल हुनेछ।

यस्तै, विज्ञहरूबाट सुझाव आह्वान, योजना निर्माण तथा विविध समसामयिक विषयहरू पनि बैठकका एजेन्डामा समेटिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार