पूर्णबहादुर खड्काले बोलाए पुराना केन्द्रीय सदस्यको बैठक

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औँबाट निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।

निवर्तमान कार्यबाहक सभापति खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् । बैठक धुम्बाराहीस्थित स्मार्ट होटलमा दिउँसो १२ बजे बस्ने गरी बोलाएका छन् ।

बैठकमा १५औँ महाधिवेशनमा के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । छलफलपछि निकटका केन्द्रीय सदस्यहरुको बैठक आज बोलाइएको हो ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधता दिँदै गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा समूह लगातार रणनीतिक बैठकमा छ । शनिबार पूर्व पदाधिकारीहरूको बैठक भएको थियो । जसले थापालाई सभापति स्वीकार्ने तर राजनीतिक लडाइँ जारी राख्ने निष्कर्ष निकालेको थियो । 

उता सभापति थापाले सातै प्रदेशका प्रदेश सभापति, प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीहरूलाई बैठकमा बोलाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार