नेपालमा दूतावास खोल्न टर्की सकारात्मक

६ वैशाख, काठमाडौं । टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसले नेपालमा टर्किस दूताबास खोल्न सकारात्मक रहेको बताएका छन् ।

नेपालको राष्ट्रिय सभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

इस्तानबुलमा भएको भेटमा टर्की र नेपालबीच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउने विषयमा छलफल भएको छ । टर्किस सरकारले नेपालका लागि सीमित कोटाको शैक्षिक छात्रवृत्तिको व्यवस्था गरेको उल्लेख गर्दै नुमानले छात्रवृत्तिको कोटा वृद्धि गर्ने र दुई देशबीचको व्यापार पनि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल अन्तर व्यवस्थापिका संघ (आइपियू) को १५२ औँ महासभामा सहभागी हुन इस्तानबुल गएका हुन् । भ्रमणका क्रममा द्विपक्षीय भेट भएको हो ।

भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत् दुई देश बीचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनु पर्ने बताए । संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीय मैत्री समूह गठनका लागि आफूहरु आतुर सुनाए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार