समितिमा दलभन्दा बाहिर रहेर प्रभावकारी ढंगले काम गर्छु : सभापति ढकाल

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रास्वपाका सांसद हरि ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

सभापतिमा ढकालको मात्र मनोनयन दर्ता भएपछि सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । यसअघि ढकालले बिहीबार सांसद पुरुषोतम शुप्रभात यादवको प्रस्ताव र सांसद श्रद्धा कुँवरको समर्थकमा सभापतिमा मनोनयन दर्ता गरेका थिए ।

समितिको सभापतिमा निर्विरोध निर्वाचित भएपछि ढकालले समितिमा दलभन्दा बाहिर रहेर प्रभावकारी ढंगले काम गर्ने बताए । बिभिन्न कारणले यसअघि समितिहरुले काम गर्न नसक्ने अवस्थाको अव अन्त्य हुने उनले बताए । उनले अहिलेको स्थीर सरकारलाई सघाउदै र स्थीरतालाई कायम राख्न समितिको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।

नवनिर्वाचित सभापति ढकालले समितिमा प्राप्त भएका उजुरीहरुलाई पनि प्राथमिकताका आधारमा अध्ययन गरि अघि बढाइने र महत्वपूर्ण विधेयकहरुमाथिको छलफललाई पनि प्रभावकारी बनाइने उल्लेख गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार