मनसुनमा विपद् उद्धारका लागि सशस्त्रले ६९ क्याम्प राख्ने

चितवन — सशस्त्र प्रहरीले मनसुनका बेलामा हुने विपद्मा तत्काल उद्धार गर्नका लागि देशभर ६९ ठाउँमा अस्थायी बेस क्याम्प राख्ने भएको छ । 

सशस्त्रले मौसम विभागसँग सहकार्य गरी नियमित रुपमा मौसमको पूर्वानुमान सूचना लिने र जोखिम क्षेत्रमा समयमै पुग्ने तयारी गरेको छ ।

सशस्त्र प्रहरीको चितवन कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयको २२ औं वार्षिकोत्सव समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले २०६३ देखि हालसम्म देशभर प्राकृतिक विपद्का ३६ हजार ८४ वटा घटनामा उद्धार गरेको जानकारी दिए । जसमा १५ हजार ५४१ जनाको सकुशल उद्धार भएको थियो । घाइते ८८ हजार ५ सय जनाको उद्धार गरेको उनले बताए ।

त्यसैगरी २५ हजार ७७८ शव संकलन गरेको पनि महानिरीक्षक अर्यालले बताए । नदी, खोला र तलाउमा डुब्दा हुने उद्धारका लागि गोताखोर परिचालन हुने गरेका छन् । गोताखोरले विपद्मा परेकाको ज्यान जोगाउन गहिरो ताल र तीब्र धारका नदीहरुमा जाने गरेको उनले बताए । उद्धारमा खटेका सशस्त्र प्रहरीका ११ जनाको ज्यान गएको महानरीक्षक अर्यालको भनाइ छ । ‘यसरी उद्धारमा खट्दा ज्यान गुमाउनेलाई विपद् सहिद घोषणा गर्न प्रस्ताव गरेका छौं,’ महानिरीक्षक अर्यालले भने । 

गृहमन्त्री सुधन गुरुङले कुरिनटारबाट विपद् व्यवस्थापनको तालिम लिएका कारण उद्धार र अन्य विषयमा जानकार रहेको बताए । सरकारबाट तालिम केन्द्रका लागि आवश्यक उद्धारका लागि आधुनिक उपकरण र थप तालिमको व्यवस्था हुने आशा राखेको उनले बताए ।

सरकारले गोताखोरहरुको १० लाख रुपैयाँ दुर्घटना बिमा गरेको उनले बताए । त्यसैगरी नेपाल लाइफ इन्सोरेन्ससँग गोताखोरसहित जोखिमयुक्त काममा खट्ने थप ५ सय जनाका लागि २५ लाख रुपैयाँ र नेशनल इन्सोरेन्सबाट गोताखोरका लागि थप २ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरेको महानिरीक्षक अर्यालले बताए । यसरी गोताखोरको दुर्घटना बिमा ३७ लाख रुपैयाँ पुगेको छ । 

कुरिनटारको शिक्षालयबाट मात्रै २०६८ सालयता सडक दुर्घटनाका १८३, पहिरोका १३, नदी सम्बन्धी १६७, आगलागीका १२ र अन्य १८ गरी विपद्का कुल ३९३ घटनामा ६ हजार ५१२ जना जनशक्ति परिचालन भएको उनले बताए । जसमा १ हजार ७ जनाको जीवितै उद्धार भएको थियो । त्यसैगरी यी घटनाहरुबाट ४२१ शव संकलन गरेको शिक्षालयले जनाएको छ ।

शिक्षालयले भूकम्प या अन्य विपद्का घटनामा घरलगायत ठूला संरचना भत्केमा ती घटनामा गरिने खोजी उद्धार, जल उद्धार, गोताखोर तालिम र परिचालन, रोप रेस्क्यु (डोरीबाट हुने उद्धार), आगलागी, सडक दुर्घटना र अन्य दुर्घटनामा हुने उद्धारका लागि तालिम दिँदै आएको छ । आकस्मिक उद्धार सामग्री, एम्बुलेन्स, ठूला दुर्घटनामा उद्धारका लागि प्रयोग हुने गाडी, ट्रमा सेन्टर र डग स्क्वाड पनि छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार