शल्यक्रियापछि ओलीको स्वास्थ्य सुधारोन्मुख, कहिले हुनेछन् ‘डिस्चार्ज’ ?


काठमाडौं । पत्थरीसम्बन्धी शल्यक्रिया गराएका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अस्पतालमा नै स्वास्थ्यलाभ गरिरहेका छन् । 

गएको चैत ३० गते काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

ओलीको अवस्था ‘राम्रो’ रहेको र हाल आईसीयूबाट ‘जनरल बेड’मा सारिएको अस्पतालका सहायक प्रवक्ता कालीबहादुर रोस्याराले जानकारी दिए । “उहाँ (केपी ओली)लाई रिकभरी फास्ट भइरहेकोले केही दिनमा नै डिस्चार्ज हुन्छ, तर यही दिन भन्ने निर्क्योल भइसकेको छैन,” रोस्याराले बाह्रखरीसित भने ।

डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले ओलीको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको ढुंगा निकालिएको थियो । 

नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओलीलाई ‘जेनजी’ आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ गरिएको थियो । पक्राउ परेको दिनदेखि नै उनी शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार